जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङ र डिप्रोक्सको बोनस सेयर नेप्सेमा सूचीकृत

साल्ट ट्रेडिङ र डिप्रोक्सको बोनस सेयर नेप्सेमा सूचीकृत

साल्ट ट्रेडिङ कर्पोरेसन र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

सोमबार डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेसनको ४ लाख १८ हजार ३२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो। योसँगै नेप्सेमा १९ लाख ६९ हजार ४१४ कित्ता सेयर थपिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिएको थियो। योसँगै कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।

डिप्रोक्स लघुवित्त लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सूचीकृत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख ९७ हजार रुपैयाँ पुगेको छ।

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका