जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकका डेपुटी सीइओ पारसकुमार काफ्लेको निधन

सिटिजन्स बैंकका डेपुटी सीइओ पारसकुमार काफ्लेको निधन

सिटिजन्स बैंकका डेपुटी सीइओ‌ पारसकुमार काफ्लेको निधन भएको छ। कार्यक्रमका लागि श्रीलंका पुगेका उनको आइतबार हृदयघातका कारण निधन भएको बैंकले जनाएको छ।

गत शुक्रबार स्वास्थ्यमा समस्या आएपछि काफ्लेलाई अस्पताल लगिएको थियो। अस्पताल लगेको २ घण्टामा स्वास्थ्य अवस्था सहज देखिएपछि डिस्चार्ज गरिएको थियो। शनिबार ब्रेकफास्टको समयमा पुन: गाह्रो भएपछि उनलाई कोलोम्बोको स्थानीय नवलोक अस्पताल लगिएको थियो।

‘त्यहाँ आवश्यक परीक्षण गरेपछि मात्रै मुटुमा समस्या रहेको पत्ता लाग्यो। एन्जि‌ओप्लास्ट गर्दा मुटुको धेरै भागमा ब्लकेज देखियो। त्यसपछि आइतबार अस्पतालमै उपचारको क्रममा अट्याक आयो र उनको निधन हुन पुग्यो,’ बैंकका सीइओ गणेशराज पोखरेलले भने।

काफ्ले ५० वर्षका थिए। त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडिजमा स्नातकोत्तर उनी ३२ वर्ष देखि नेपालको बैंकिङ क्षेत्रमा क्रियाशील थिए। ट्रेड फाइनान्स, क्रेडिट अपरेसन्स, ब्रान्च व्यवस्थापन, बैंक अपरेसन, रिलेसनसीप व्यवस्थापन (कर्पोरेटका साथै एसएमई ऋणमा), अपरेसनल रिस्क व्यवस्थापन र कम्प्लायन्समा उनको विशेष दख्खल थियो।

काफ्लेले सिटिजन्स बैंकको प्रमुख सञ्चालन अधिकृत (सी‌ओओ) भएर ७ वर्षसम्म अनुभव बटुलेका थिए। अहिले उनको पोर्टफोलियोमा लायबिलिटी मार्केटिङ (रिटेल बैंकिङ), सेन्ट्रल अपरेसन्स, केन्द्रीय प्रशासन, सूचना प्रविधिका साथै ट्रेजरी व्यवस्थापन थियो।

काठमाडौंको रातोपुल बस्ने काफ्लेका श्रीमती र दुई छोरा छन्।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका