जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • लक्ष्मी सन्‌राइजले मनायो विश्व वातावरण दिवस

लक्ष्मी सन्‌राइजले मनायो विश्व वातावरण दिवस

लक्ष्मी सन्‌राइज बैंकले प्रोजेक्ट फाइभके परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ ।

सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजारको संख्यामा रूख रोपेको छ ।

यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।

प्रोजेक्ट फाइभकेसँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा – विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ । यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५ हजार १ सय ३४ दशमलव १८ टन कार्बन उत्सर्जन हुनबाट जोगाएको छ ।

लक्ष्मी सन्‌राइज बैंकले प्रोजेक्ट फाइभके परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजारको संख्यामा रूख रोपेको छ ।

यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो । प्रोजेक्ट फाइभकेसँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा – विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ । यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५ हजार १ सय ३४ दशमलव १८ टन कार्बन उत्सर्जन हुनबाट जोगाएको छ ।

यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टको निरन्तरता हो । लक्ष्मी सन्‌राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न छ ।

यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो ग्रिन र रेस्पोन्सिबल मूल्य आत्मसाथ गर्दै ‘अरेन्ज लभ्स ग्रिन’ नारालाई मूर्तरूप दिएको छ । वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलमध्य एक रहेको प्रोजेक्ट फाइभकेले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्‍याउने कुरामा बैंक विश्वस्त रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका