जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • १० महिनामै भित्रियो १२ खर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने घटे

१० महिनामै भित्रियो १२ खर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा जाने घटे

देशले १० महिनामा १२ खर्ब रेमिट्यान्स प्राप्त गरेको छ । वैदेशिक रोजगारमा जानेले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पठाएका हुन् ।

प्राप्त रेमिट्यान्स गत आर्थिक वर्षको यही अवधिको तुलनामा १९.२ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर २३.४ प्रतिशत थियो ।

यता अमेरिकी डलरमा हिसाब गर्दा प्राप्त विप्रेषण१७.१ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजा ८९३ रहेको छ । अघिल्लो वर्षको जेठ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख २१ हजार २७९ थियो भने पुनः श्रम स्वीकृति लिने २ लाख ३८ हजार ९७६ रहेका थिए ।

नेपाल राष्ट्र बैंकले तयार पारेको १० महिनाको वर्तमान आर्थिक स्थितिको तथ्यांकअनुसार खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब १ अर्ब ७२ करोड पुगेको छ ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका