जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • २ अर्ब भन्दा बढि कर्जा काण्डमा तत्कालीन सेञ्चुरी कर्मशियल बैंकका अध्यक्ष सहित ८ सञ्चालकको संलग्नता पुष्टीः सिइओ गौतम सहित दर्जनौ कर्मचारी जेल जाने पक्का !

२ अर्ब भन्दा बढि कर्जा काण्डमा तत्कालीन सेञ्चुरी कर्मशियल बैंकका अध्यक्ष सहित ८ सञ्चालकको संलग्नता पुष्टीः सिइओ गौतम सहित दर्जनौ कर्मचारी जेल जाने पक्का !

नेपाल राष्ट्र बैंकले २ अर्ब भन्दा बढि कर्जा प्रवाह गर्दा तत्कालीन सेञ्चुरी कर्मशियल बैंकको संचालक र व्यवस्थापन माथी कैफियत देखाएसंगै सिआईबीले बैंक संचालक समिति अध्यक्ष राजेश श्रेष्ठ सहित ८ जनालाई पक्राउ गरेको छ भन्दा अब फरक पर्दैन । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईंलाई बैंकका सिइओ तुलसीराम गौतम लगायत १ दर्जन कर्मचारी र बैंक अध्यक्ष राजेश श्रेष्ठको मिलोमतोमा कर्जा स्वीकृत गरेको भेटिए पछि अध्यक्ष श्रेष्ठ सहित ८ जना संचालकहरुलाई पक्राउ गरेको खुलेको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले प्रवाह गरेको ऋणमा कैफियत रहेको राष्ट्र बैंकको अनुसन्धानले देखाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । त्यही अनुसन्धानअन्तर्गत गत सोमबार तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले फागुन तेस्रो साता बैंकरलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान नगरी बैंकरलाई पक्राउ गरेको भनेर चौतर्फी आलोचना भएको थियो । भन्दा फरक पर्दैन ।

देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईंलाई बैंकका सिइओ तुलसीराम गौतम लगायत १ दर्जन कर्मचारी र बैंक अध्यक्ष राजेश श्रेष्ठको मिलोमतोमा कर्जा स्वीकृत गरेको भेटिए पछि अध्यक्ष श्रेष्ठ सहित ८ जना संचालकहरुलाई पक्राउ गरेको खुलेको छ ।

धितो भ्यालुएसन पद्धतिबारे अवगत नभई बैंकर पक्राउ गरेको भन्दै नेपाल बैंकर्स संघले विरोध जनाएको थियो भने राष्ट्र बैंकले पनि असन्तुष्टि जनाएको थियो । त्यसपछि सीआइबीले अनुसन्धानमा राष्ट्र बैंकको सहयोग मागेको थियो । राष्ट्र बैंकले अनुसन्धानका लागि चार्टर्ड एकाउन्टेन्ट जगदीश कुमारको नेतृत्वमा एउटा टोली खटाएको थियो । करिब एक महिनासम्म राष्ट्र बैंकको टोलीले अनुसन्धान गरेर प्रहरीलाई प्राविधिक पक्षका बारेमा जानकारी दिएको थियो । जसमा राष्ट्र बैंकले कसको पालामा कसरी कति ऋण प्रवाह भएको भन्ने देखाएको थियो । त्यसपछि प्रहरीले यस घटनामा थप अनुसन्धान थालेको थियो । हाजिरी जमानीमा छुटेका बैंकरसँग पुनः बयान लिइएको थियो ।

राष्ट्र बैंकको रिपोर्टले सकारात्मक संकेत गरेपछि थप अनुसन्धानमा लागेका थियौं,’ अनुसन्धानमा खटिएका एक प्रहरीले पंक्तिकारसंग भने । सीआइबीले तत्कालीन सेन्चुरी कर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ) सहित ११ जनालाई फागुन १५ गते पक्राउ गरेको थियो ।

‘हाम्रो अनुसन्धान पहिले पनि ट्र्याकमा नै थियो । राष्ट्र बैंकको रिपोर्टले सकारात्मक संकेत गरेपछि थप अनुसन्धानमा लागेका थियौं,’ अनुसन्धानमा खटिएका एक प्रहरीले पंक्तिकारसंग भने । सीआइबीले तत्कालीन सेन्चुरी कर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ) सहित ११ जनालाई फागुन १५ गते पक्राउ गरेको थियो । बिरामी परेका कारण एक जना त्यही बेला छुटेकी थिइन् । बाँकीलाई भने तेस्रो पटक म्याद थप गरेर हिरासतमा राखी दुई सातापछि हाजिरी जमानीमा रिहा गरिएको थियो ।

प्रहरीले गत सोमबार पक्राउ गरेकाहरुमा सञ्चालक समितिका सदस्यहरु सुनिल कुमार न्यौपाने, प्रा. डा. गीताभक्त प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र सीडीए सेक्सन चिफ शिव गोपाल रिसाल छन् ।

उनीहरुको बयान र राष्ट्र बैंकसँग समन्वय गरेर सीआइबीले तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो । प्रहरीले गत सोमबार पक्राउ गरेकाहरुमा सञ्चालक समितिका सदस्यहरु सुनिल कुमार न्यौपाने, प्रा. डा. गीताभक्त प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र सीडीए सेक्सन चिफ शिव गोपाल रिसाल छन् । त्यस्तै प्रहरीको पक्राउ सूचीमा मनबहादुर राई पनि छन् । १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँको धितो भ्यालुएसन गरी २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरिएको भन्दै सीआइबीले बैंकरलाई पक्राउ गरेको हो । ठूलो मात्रमा ऋण प्रवाह गर्न बोर्डबाट स्वीकृति गराउनुपर्ने हुन्छ । त्यसमा बोर्डको स्वीकृति भएकाले अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यसअघि नै प्रहरीले अध्यक्ष श्रेष्ठलाई पक्राउ गर्ने तयारी गरेको थियो । भन्दा फरक पर्दैन ।

बढी कर्जा लिने देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंमाथि बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । गत कात्तिक १७ गते पक्राउ परेका उनी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।

अनुसन्धान जारी रहँदा सीआइबी प्रमुख समेत फेरिए । एआइजी किरण बज्राचार्यको नेतृत्वमा सेन्चुरीको फाइल खोलिएको थियो । बज्राचार्य सुन प्रकरणको अनुसन्धानमा विवादित भएर सरुवामा परेपछि एआइजी श्याम ज्ञवाली सीआइबीको नेतृत्वमा छन् । बढी कर्जा लिने देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंमाथि बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । गत कात्तिक १७ गते पक्राउ परेका उनी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । चौलागाईंका चारवटा संस्थाले बैंकका कर्मचारीसँगको मिलेमतोमा कम भ्यालुएसन भएको धितो देखाएर बढी ऋण लिएको प्रहरीले पंक्तिकारसंग बतायो ।

सेन्चुरी बैंकबाट ऋण लिन सहकारीको कीर्ते कागजपत्र, लेखा परीक्षणसमेत नक्कली तत्कालीन सेन्चुरी बैंकबाट नियम विपरीत ऋण लिन नक्कली कागजपत्र बनाएर त्यसैको आधारमा ऋण प्रवाह भएको देखिएको छ ।

पक्राउ परेकाहरुसँग बयान गरेपछि फाइल सरकारी वकिल कार्यालयमार्फत अदालतमा बुझाउने सीआइबीको तयारी छ । ‘अब पक्राउ परेकाहरुको बयानपछि हामी फाइल बुझाउँछौं,’ सीआइबी प्रमुख एआइजी श्याम ज्ञवालीले दाबी गरे । सेन्चुरी बैंकबाट ऋण लिन सहकारीको कीर्ते कागजपत्र, लेखा परीक्षणसमेत नक्कली तत्कालीन सेन्चुरी बैंकबाट नियम विपरीत ऋण लिन नक्कली कागजपत्र बनाएर त्यसैको आधारमा ऋण प्रवाह भएको देखिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा संचालित देउराली बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष रवीन्द्र चौलागाईले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी तथा पदाधिकारीसँग मिलेमतो गरेर आपराधिक मनसायका साथ नियोजितरुपमा बैंकको रकम हिनामिना गर्ने उद्देश्यले नक्कली कागजपत्र बनाएको प्रहरी अनुसन्धानमा खुलेको हो ।

चौलागाईले परिवार भित्रका नातेदारको नाममा पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालि समेतका कम्पनीहरू संचालन गरि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधीन भन्दा बाहिर रहेर आफू अनुकूलको अवस्था सृजना गरेको देखिएको छ ।

चौलागाई पूजा ग्रुप अन्तर्गतका पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालिको समेतको सञ्चालक हुन् । चौलागाईले परिवार भित्रका नातेदारको नाममा पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, थ्री ब्रदर्श मार्केटिङ प्रालि, पूजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिस्टिलरी प्रालि समेतका कम्पनीहरू संचालन गरि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधीन भन्दा बाहिर रहेर आफू अनुकूलको अवस्था सृजना गरेको देखिएको छ । ती कम्पनीहरुको वास्तविक कारोबार रकम भन्दा बढी कारोबार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र समेत बनाएको अनुसन्धानमा खुलेको सीइआबीका प्रवक्ता एसएसपी होबेन्द्र बोगटीले बताए ।

। बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ बमोजिम उनीहरुविरुद्ध मुद्दा दर्ता गरि अनुसन्धान गर्ने क्रममा तत्कालीन सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ समेतको संलग्नता देखिएको प्रहरीको दाबी छ । श्रेष्ठलाई सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, उमा कुमारी श्रेष्ठ, राजेशकुमार दली, अभिषेश बज्राचार्य र शिव गोपाल रिसाललाई पनि नियन्त्रणमा लिएको छ ।

मूल्य अभिवृद्धि करको कागज बनाई, नभएको कारोबारको स्टक र रिसिप देखाई गलत वित्तीय विवरण तयार गरी, नक्कली लेखा परीक्षण समेत बनाई नक्कली कागजातहरू समेतको आडमा गैरकानूनीरुपमा विभिन्न शीर्षकमा धितो खाम्ने भन्दा अत्यधिक बढी रकम जम्मा २ अर्ब ३० करोड ८१ लाख प्रवाह गरेको देखिएको उनले बताए । यो घटनामा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत मनौज न्यौपाने समेत अन्य कर्मचारीलाई फागुन १५ गते प्रहरीले पक्राउ गरेको थियो । बैंकिङ कसुर तथा सजाय ऐन,२०६४ बमोजिम उनीहरुविरुद्ध मुद्दा दर्ता गरि अनुसन्धान गर्ने क्रममा तत्कालीन सञ्चालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ समेतको संलग्नता देखिएको प्रहरीको दाबी छ । श्रेष्ठलाई सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, उमा कुमारी श्रेष्ठ, राजेशकुमार दली, अभिषेश बज्राचार्य र शिव गोपाल रिसाललाई पनि नियन्त्रणमा लिएको छ । मीनबहादुर राई भने प्रहरीको पक्राउ सूचीमा छन् ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका