जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सका अध्यक्ष निरौला पक्राउः २ अर्ब ११ करोड कर्जा काण्डमा कमिशन लिएको खुलासा !

नेको इन्स्योरेन्सका अध्यक्ष निरौला पक्राउः २ अर्ब ११ करोड कर्जा काण्डमा कमिशन लिएको खुलासा !

तत्कालीन सेञ्चुरी कर्मशियल बैंक लिमिटेडको २ अर्ब भन्दा बढि कर्जा काण्डमा नेको इन्स्यारेन्स कम्पनीका अध्यक्ष रमेश कुमार निरौला पक्राउ परेका छन् भन्दा अब फरक पर्दैन । निरौलाले २ अर्ब कर्जा काण्डमा कमिशन लिएको प्रहरीको ठम्याई छ । यति मात्रै होइन नेको इन्स्योरेन्स कम्पनी भित्र पनि अध्यक्ष निरौलाले बद्मासी गरेको बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको भेटिएको छ ।

अध्यक्ष निरौलालाई नेको इन्स्यारेन्स भित्र चलखेल गर्न नेको इन्स्योरेन्सका सीइओ अशोक कुमार खड्काले साथ दिँदै आएको प्रहरीको दाबी छ । प्रहरी उच्च स्रोतले भन्योः– बैंकमा कर्जा दिँदा कमिशन लिने नेको इन्स्योरेन्स भित्र चलखेल गर्दैन भन्दा कसले पत्याउछ ? उनीले प्रश्न गर्दै भने पक्राउ पछि बैंक र इन्स्योरेन्स दुबै भित्र छानवीन अब हुन्छ नि । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको घोटाला प्रकरणमा नेको इन्सुरेन्सका अध्यक्ष रमेशकुमार निरौल मुछिएका छन् । बैंकिङ घोटाला प्रकरणमा उनीसहित तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ र अन्य ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

बैंकिङ घोटाला प्रकरणमा पक्राउ पर्ने अन्यमा तत्कालीन सेन्चुरी बैंक सञ्चालक समितिका सदस्यहरु गीता प्रधान, राजेशकुमार दली, मनबहादुर राई, शिव रिसाल, सुनील न्यौपाने छन् ।

पक्राउ परेका निरौला तत्कालीन सेञ्चुरी बैंकको सञ्चालक थिए । उनी माघ २०७७ सेञ्चुरी बैंकको सञ्चालक बनेका थिए । निरौला २०८० माघ १२ गते नेको इन्सुरेन्सका सञ्चालकमा निर्वाचित भएका थिए । सोही दिन सञ्चालक समितिले निरौलालाई नेको इन्सुरेन्सको अध्यक्षमा नियुक्त गरेको थियो ।यो बैंकिङ घोटाला प्रकरणमा पक्राउ पर्ने अन्यमा तत्कालीन सेन्चुरी बैंक सञ्चालक समितिका सदस्यहरु गीता प्रधान, राजेशकुमार दली, मनबहादुर राई, शिव रिसाल, सुनील न्यौपाने छन् । उनीहरुसँग अहिले सोधपुछ भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बागेटीले पंक्तिकारसँग बताए ।

ऋण धितोभन्दा ९७ करोड ४१ लाख रुपैयाँले बढी पाइएको सीआईबीको दाबी छ । यसअघि गत वर्ष फागुन १५ गते कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमलगायत ११ जना पक्राउ गरेको थियो । उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए

पक्राउ परेकाहरुले सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख रुपैयाँले बढी पाइएको सीआईबीको दाबी छ । यसअघि गत वर्ष फागुन १५ गते कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमलगायत ११ जना पक्राउ गरेको थियो । उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए । सेञ्चुरी बैंक हाल बैंक प्रभु बैंकमा विलय भइसकेको छ । सचेत भया ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका