जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • प्रभु बैंकका कर्मचारी तथा ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

प्रभु बैंकका कर्मचारी तथा ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्। रिसोर्टका विभिन्‍न सेवामा विशेष छुट दिने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको छ।

सम्झौतामा प्रभु बैंककातर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक (फ्रन्ट अफिस) सुवास कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड (काभ्रे) जस्ता प्रसिद्ध धार्मिकस्थल रहेको यस ठाउँबाट गणेश, जुगल लगायत विभिन्‍न हिम श्रृंखलाहरूको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ। काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उत्तम स्थान हो।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?