जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

नेशनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रुकुम पश्चिम शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । बाफिकोट गाउँपालिका ६ का सन्दिप कुसारीले आफ्नो छोरा बिजय कुसारीको २ लाख ५० हजार ५ सय रुपैयाँको बीमा गराएका थिए । सो वपत उनले ३ किस्तामा जम्मा रु ३९,९१५ जम्मा गरेकोमा सन्दिप कुसारीको असामयिक निधन भएपछि छोरा बिजय कुसारीले बीमाङक रकम २ लाख ५० हजार ५ रुपैयाँ पाएका छन् ।

अब छोरा बिजय कुसारीले बाँकी किस्ता जम्मा गर्नुनपर्ने कम्पनीले जनाएको छ । अबधी पुगेमा पुन कम्पनीले बीमाङक रकम र पुरै अबधिको बोनश प्राप्त गर्ने चिठी कम्पनीका शाखा प्रमुख टंक हमालले दिएका हुन् ।

कम्पनीले मृतक सन्दिप कुसारीलाई हार्दिक श्रद्धान्जली दिदै जीवन बमिा आफू रहे आफैलाई र आफू नरहे परिवारलाई भुक्तानी दिने भएकाले सबैले बीमा गर्नुपर्ने बताएको छ ।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?