जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • क्रिकेट संघका अध्यक्षको प्रतिवाद : संसद्लाई गुमराहमा राख्न खोजियो 

क्रिकेट संघका अध्यक्षको प्रतिवाद : संसद्लाई गुमराहमा राख्न खोजियो 

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले झुटा विषय प्रस्तुत गरेर संसद्लाई गुमराहमा राख्ने खोजिएको दाबी गरेका छन् ।

यसले संसद् र सांसदसँगै नेपाल क्रिकेटको गरिमा घटाएको उनको जिकिर छ ।

नेकपा एमाले सांसद भीम आचार्यले बुधबारको संसद् बैठकमा क्यानमा अनियमितता भएको भन्दै छानबिन आयोग गठन गर्न माग गरेका थिए । टिकट र अवैध रूपमा जर्सी बेचेको, मानव तस्करीको कोसिस गरेको जस्ता गुनासो आएको भन्दै उनले छानबिन आयोग बनाउन माग गरेका थिए ।

शुक्रबार विज्ञप्ति जारी गर्दै क्यानका अध्यक्ष चन्दले केही व्यक्ति र संस्थाले भ्रम सृजना गर्ने कोसिस गरिहेको बताए । ‘यहाँसम्म कि कुनै पनि आशिंकसमेत सत्य नभएको झुटो र कपोलकल्पित बुँदाहरू नेपालको गरिमामय संसद्‌मा उठान गरेर एक जना माननीय सांसदज्यूले सम्माननीय संसद्लाई गुमारोहमा राख्नुका साथै आफूले प्रतिनिधित्व गर्ने दललाई समेत विवादमा ल्याउन खोजेको देखिन्छ ।’

देशले विश्वकप खेलिरहेको र यसमा खेलाडी र संघका पदाधिकारी, सदस्य र कर्मचारीले अहोरात्र खटिएको भन्दै उनले उनीहरूको मनोबल गिर्नसक्छ भन्ने समेत ख्याल नगरिएको गुनासो गरे ।

उनले भनेका छन्, ‘क्रिकेट संघको नाममा कोही कसैले क्रिकेटको हकहितविरुद्ध कुनै गैरकानुनी काम कारबाही गरेमा कानुनी बमोजिम सजाय हुनुपर्छ भन्नेमा नेपाल क्रिकेट संघ स्पष्ट छ ।’

chatur-statement.jpg

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका