जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्स द्वारा सर्भेयर सम्मेलन सम्पन्न

शिखर इन्स्योरेन्स द्वारा सर्भेयर सम्मेलन सम्पन्न

शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गरी बीमा क्षेत्रको बिकास, सर्भेयरको पेशागत क्षमता अभिवृद्धि गर्न तथा बीमा क्षेत्रमा मर्यादित भई सर्भेयरको रुपमा निरन्तर सेवामा रही कार्य गर्ने व्यक्तित्वहरुलाई उहाँहरुले पुऱ्याउनुभएको योगदानको कदर सहित सम्मान गर्न समेत यस कार्यकमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका प्रतिनिधि निर्देशक पुजन ढुङ्गेल, शाभ्राज लामिछाने, नेपाल बीमकसंघका अध्यक्ष चंकी क्षेत्री, बीमा क्षेत्रमा सर्भेयरको रुपमा कार्यरत करिब १५० जना सर्भेयर तथा नेपला इन्स्योरेन्स सर्भेयर एसोसियसनबाट सम्पुर्ण पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो। कार्यक्रमको कि नोट नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर के.सि.ले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न सत्रमा बिकसित नयाँ प्रविधि, विश्वव्यापी नविनतम मौसमी जोखिमहरु बिश्वव्यापी उष्णता लगायत अन्य महाविपत्तिको कारण सृजना भइरहेको जोखिमहरुको व्यवस्थानका लागि बीमा कम्पनी तथा सर्भेयरहरुले समेत आफ्नो भुमिकालाई सबल बनाउँदै जानुपर्नेमा जोड दिईएको थियो ।

कार्यक्रमको समापन समारोह नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रभुख आतिथ्यतामा, विशेष अतिथि कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल बीमकसंघका अध्यक्ष चंकी क्षेत्रीको सहभागिता थियो । कार्यक्रममा नेपालको बीमा क्षेत्रमा सर्भेयरको रुपमा पच्चीस वर्ष भन्दा बढी कार्य गरी बीमा क्षेत्रमा योगदान पुर्याउने नौ जना सर्भेयरलाई सम्मान गरिएको थियो। सर्भेयरले पुऱ्याउनु भएको योगदानको उच्च कदर स्वरुप सम्मानित हुनु हुने वरिष्ठ सर्भेयरज्यूहरुलाई हार्दिक बाधाई ज्ञापन गर्दै योगदान तथा पेशागत निरन्तरताले नयाँ सर्भेयरलाई समेत प्ररेणा मिल्ने तथा सम्मेलन नविनतम जोखिमहरुबाट भविष्यमा बीमा क्षेत्रमा आई पर्न सक्ने चुनौतिको, सामनाका लागि कार्यक्रमले पूर्व तयारीको रुपमा एउटा इटा थप्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी गराउनु भयो ।

नेपालमा बढ्दै गईरहेको बिद्युतिय सवारी साधनको बढ्दो अकर्षण तथा प्रयोलाई विद्युतिय सवारीको प्राविधिक विषय वस्तु सम्बन्धमा भएको प्रस्तुती तथा विद्युतिय गाडीको बीमा तथा बीमा दाबी सम्बन्धि भएको छलफलले आगामी दिनहरुमा विद्युतीय गाडीको बीमा दाबी व्यवस्थापनमा थप सहजिकरण हुने कम्पनीले जनाएकोछ ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?