जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • बैंकहरूको कर्जाको गुणस्तर खस्किएकोमा राष्ट्र बैंकको चिन्ता

बैंकहरूको कर्जाको गुणस्तर खस्किएकोमा राष्ट्र बैंकको चिन्ता

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो खराब कर्जाप्रति चिन्ता व्यक्त गरेको छ ।

साथै उसले खराब कर्जामा शंकास्पद कर्जाको हिस्सा उच्च दरमा बढेको पनि उसको ठहर छ।राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा यस्तो उल्लेख छ ।

प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको सम्पतिको गुणस्तर (खराब कर्जा) खस्किंदा स्थायित्वमा नै चुनौती हुने हो कि भन्ने चिन्ता ब्यक्त गरिएको छ।‘निष्क्रिय कर्जामा पनि शंकास्पद र खराब कर्जा वृद्धि भइरहेकोले बैंकहरूको कर्जाको गुणस्तरमा अझै चिन्ता गर्नुपर्ने अवस्था छ’, प्रतिवेदनमा भनिएको छ।

महँगो ब्याजदर र सापटी खर्चले गर्दा माग घटेको र अझै पनि उद्योगहरुलाई ऋण तिर्न समस्या परिरहेको प्रतिवेदनमा उल्लेख छ।बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको र ब्यालेन्स सिटमा नाफा समेत घटेको छ।

सामान्यतया निष्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब कर्जा पर्छन्। कर्जाको भाका नाघेको ३ देखि ६ महिना पुगेका कर्जालाई कमसल, यस्तो भाका नाघेको ६ महिनादेखि एक वर्ष कटेमा शंकास्पद र एक वर्षभन्दा धेरै समयदेखि भाका नाघेका कर्जालाई खराब कर्जामा राखिन्छ।

यी कर्जा रकमको आधारमा बैंकहरूले क्रमशः २५ प्रतिशत, ५० प्रतिशत र १०० प्रतिशत प्रावधान रकम राख्नुपर्ने व्यवस्था छ। उच्च ब्याजदरका कारण ऋणको माग घट्दा बैंक तथा वित्तीय संस्थाहरुको वासलातमा नकारात्मक प्रभाव परेको भन्दै राष्ट्र बैंकले यही कारण नाफा घटेर निष्क्रिय ऋण बढेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू मर्जरका कारण ठूला हुँदै गएकाले जोखिम नियमनमा सतर्क हुनु पर्ने भन्दै राष्ट्र बैंकले कोभिड-१९ ताका लचिलो मौद्रिक नीतिलाई पछिल्लो समय फिर्ता लिनु परेकाले ऋणीहरूको भुक्तानी क्षमतामा असर गरेको स्वीकार गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको चालू आर्थिक वर्ष २०८०र८१ को पहिलो, दोस्रो र तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन पनि खासै उत्साहजनक नदेखिएको अवस्था छ ।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका