जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १७ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म १४ खर्ब ४७ अर्ब रहेको वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति गत पुस मसान्तसम्म १७ खर्ब ३८ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको ’वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण’ले यस्तो देखाएको हो ।

आर्थिक वर्ष २०८०-८१ को पहिलो र दोस्रो त्रैमासिक तथ्यांकमा आधारित वित्तीय क्षेत्र सर्वेक्षण अनुसार २०८० असार मसान्तमा खुद वैदेशिक सम्पत्ति १४ खर्ब ४७ अर्ब ६ करोड रहेकोमा ६.६ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा १५ खर्ब ४४ अर्ब ९९ करोड पुगेको थियो। २०८० पुस मसान्तमा १९.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

यस्तै, वित्तीय क्षेत्रको आन्तरिक दाबी २०८० असार मसान्तमा ६८ खर्ब ४० अर्ब ६८ करोड रुपैयाँ रहेकोमा ०.५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ६८ खर्ब ७४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा १.५ प्रतिशतले वृद्धि भई ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ रहेको छ। वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०८० असार मसान्तमा १० खर्ब २४ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा ४.६ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ९ खर्ब ७७ अर्ब ५४ करोड रहेको छ भने २०८० पुस मसान्तमा ८.३ प्रतिशतले घट्न गई ९ खर्ब ४० अर्ब ३४ करोड रहेको छ।

वित्तीय क्षेत्रको सार्वजनिक गैर–वित्तीय संस्थान माथिको दाबी २०८० असार मसान्तमा ३६ अर्ब ७६ करोड रुपैयाँ रहेकोमा १६.४ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ३० अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने २०८० पुस मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई ३६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ५७ खर्ब ७८ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा १.५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५८ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई ५९ खर्ब ६५ अर्ब ९२ करोड रुपैयाँ रहेको छ।

यसैगरी, वित्तीय क्षेत्रको तरल दायित्व २०८० असार मसान्तमा ५३ खर्ब ६८ अर्ब ३५ करोड रहेकोमा ४.३ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५५ खर्ब ९८ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ७.१ प्रतिशतले वृद्धि भई ५७ खर्ब ४९ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।

वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०८० असार मसान्तमा ५ खर्ब १२ अर्ब ५१ करोड रहेकोमा ७.५ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ५ खर्ब ५१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ३.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ रहेको छ।

वित्तीय क्षेत्रको माग निक्षेप दायित्व २०८० असार मसान्तमा ४ खर्ब ११ अर्ब ३ करोड रहेकोमा १२.१ प्रतिशतले घट्न गई २०८० असोज मसान्तमा ३ खर्ब ६१ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने २०८० पुस मसान्तमा ७० प्रतिशतले घट्न गई ३ खर्ब ८२ अर्ब ३० करोड रुपैयाँ रहेको छ।

वित्तीय क्षेत्रको अन्य निक्षेप दायित्व २०८० असार मसान्तमा ४४ खर्ब ४४ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा ५.४ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा ४६ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने २०८० पुस मसान्तमा ८.८ प्रतिशतले वृद्धि भई ४८ खर्ब ३६ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

85
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका