जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको शिशुवा शाखाद्वारा ढोकाथापे चौतारा पुनःनिर्माणका लागि सहयोग प्रदान

महालक्ष्मी विकास बैंकको शिशुवा शाखाद्वारा ढोकाथापे चौतारा पुनःनिर्माणका लागि सहयोग प्रदान

महालक्ष्मी विकास बैंकले लमजुङ जिल्ला सुन्दरवजार नगरपालिका–३ मा अवस्थित ऐतिहासिक स्थल ढोकाथापे चौतारा पुनःनिर्माण कार्यको लागि सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो ।
महालक्ष्मी विकास बैंक शिशुवा शाखाको अगुवाईमा उक्त कार्य सम्पन्न कार्यक्रमा महालक्ष्मी विकास बैंक शिशुवा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले ढोकाथापे चौतारा निर्माण समितिका अध्यक्ष महेन्द्र अधिकारी र सचिव असिम अधिकारीलाई संयुक्त रुपमा १ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरे । स्थानिय समुदायको अगुवाईमा महालक्ष्मी विकास वैंक र सुन्दरवजार नगरपालिकाको सहयोगमा ऐतिहासिक चौताराकोे निर्माण कार्य सम्पन्न भएको बैंकले जनाएको छ ।

विसं २००८ सालमै शैक्षिक, सामाजिक अभियान कार्यको प्रारम्भ गर्न प्रेरणा दिने ढोकाथापे समी चौताराको ठाउँमा जगदेखि सुरु गरि गोलाकार संरचनाको चौतारोको पृष्ठभुमिमा नेपालका सातै प्रदेश प्रस्ट देखिने गरि भौतिक रुपमा निर्माण भएको आधुनिक नेपालको नक्शामा वर र पीपलका वृक्ष रोपि ३ खण्डका सिढीसहितको पक्की संरचना तयार गरिएको छ ।

यस ऐतिहासिक चौतारोले सनातन संस्कृतिको संरक्षण गर्नुका साथै आन्तरिक तथा वाह्य पर्यटनको प्रवर्दन गर्नेे विश्वास वैंकले लिएको छ । साथै, आगामी दिनहरुमा पनि देशभर रहेका विभिन्न शाखा कार्यलयहरु मार्फत यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले देशभर रहेका आफ्ना १०३ शाखाहरु मार्फत करिब ७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

65
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका