जोडिनुहोस
बुधबार, असार १९, २०८१
बुधबार, असार १९, २०८१
  • होमपेज
  • आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ, डिजेलमा ५ रुपैयाँ बढ्यो

आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ, डिजेलमा ५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आइतबार रातिदेखि लागू हुनेगरि मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले भाउ बढाएको हो। निगमले पेट्रोलमा प्रति लिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ५ रुपैयाँले मूल्य बढाएको हो।

बढेको मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो र तेस्रो वर्गमा प्रति लिटर क्रमशः १६६ र १६७ रुपैयाँमा कारोबार हुने छ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्षमा १५४ रुपैयाँ ५० पैसामा कारोबार हुने छ। दोस्रो र तेस्रो वर्गमा १५६ र १५७ रुपैयाँमा कारोबार हुने छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका