जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • लगानी बिस्तार गर्न सनराइज बैंकले रोज्यो ऋणपत्रको बाटो

लगानी बिस्तार गर्न सनराइज बैंकले रोज्यो ऋणपत्रको बाटो

सात महिनाअघि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको सनराइज बैंकले ब्यापार बिस्तारका लागि थप तीन अर्बको ऋणपत्र ल्याउने भएको छ। बैंकले बुधबारबाट जारी गर्ने ऋणपत्रको ब्याज दर पहिलेकोभन्दा ०.२५ प्रतिशत बिन्दु बढि अर्थात १०.२५ प्रतिशत छ।

ऋणपत्र जारी गर्न लागेको बारे जानकारी दिन बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सनराइजको ऋणपत्र उपयुक्त रहेको बताए।

‘हिजोका सात बर्ष ब्याजदर अस्थिर थियो। बैंकहरुले ४ प्रतिशत पनि दिए र साढे १३ प्रतिशत पनि पुर्याए’ उनले भने, ‘सात बर्षका लागि १०.२५ प्रतिशतको ऋणपत्र खरीद गर्दा लगानीकर्ताले निरन्तर उच्च प्रतिफल पाइरहन्छन्। त्यसैले म त भन्छु हर्री अप।’

पछिल्लो समय सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरु ‘ब्याज बारे संवेदनशील’ भएको बताउँदै बजार दरभन्दा ०.५० प्रतिशत बिन्दुमाथि ऋणपत्रमा उपलब्ध हुने हुँदा यसलाई सदुपयोग गर्नु पर्ने तर्क दिए।

बैंकको ऋणपत्र सात बर्ष अवधिको हुनेछ। यसको ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा हुनेछ। बैंकले ३ अर्ब ऋणपत्रमध्ये ६० प्रतिशत संस्थागतलाई र बाँकी ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्दैछ। बैंकको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र त्यसभित्र बिक्री नभएमा मंसिर १९ गतेसम्म बिक्री खुला हुनेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल छ। क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले जोखिम रहित उच्च ब्याज दर भएका कारण सबै ऋणपत्र समयमै बिक्री हुने दावी गरे।

ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ। यसबाहेक आस्वा प्रणालीमार्फत जुनसुकै बैंकबाट पनि आवेदन दिन सकिन्छ। ऋणपत्र खरीदका लागि बैंक खाता अनिवार्य हुन्छ।

बैंकले चालु बर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) ८० अर्ब ३० करोड निक्षेप संकलन गरेको छ भने ७१ अर्ब १६ करोड ऋण लगानी गरेको छ। गत बर्षको नाफाबाट बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड पुगिसकेको छ

5830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका