जोडिनुहोस
बुधबार, असार १९, २०८१
बुधबार, असार १९, २०८१
  • होमपेज
  • सानिमा जिआईसी इन्स्योरेन्सले अघि बढायो हकप्रद निष्कासनको प्रक्रिया

सानिमा जिआईसी इन्स्योरेन्सले अघि बढायो हकप्रद निष्कासनको प्रक्रिया

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासको प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत(१.०.२५ अनुपात) बराबर ५० करोड रुपैयाँको ५० लाख कित्ता हकप्रद हकप्रद निष्कासनको तयारी गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज एक समारोहबीच कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद निष्काशनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसीको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका