जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण गर्ने निर्णय कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६३ लाख ३९ हजारको आधारमा बोनस वितरण गर्न लागेको हो । पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस कम्पनीले बोनस शेयरमा कर छुट हुने हुदाँ यस वर्ष नगद लाभांश प्रस्ताव नगरेको बताएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण गर्ने निर्णय कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।   कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६३ लाख ३९ हजारको आधारमा बोनस वितरण गर्न लागेको हो । पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस कम्पनीले बोनस शेयरमा कर छुट हुने हुदाँ यस वर्ष नगद लाभांश प्रस्ताव नगरेको बताएको छ ।

ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय(प.नि.का.) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ ।उक्त सम्झौता पत्रमात्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका ग्लोबल आइएमई बैंकमा हुने छ । साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क÷रकम जम्मा गर्न मिल्नेछ ।

त्रि.वि.का विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्य भरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । यसका साथै उक्त काउण्टरबाट प.नि.का.माकार्यरत कर्मचारीहरुको बचत खाताखोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने÷दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।

विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीतिअनुरुपग्लोबल आइएमई बैंक लि.ले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग,विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटाभन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

3475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका