जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नाडामा गाडीको मूल्य घटाउने होड, किन्नेलाई अफरै अफर : एउटै गाडीमा ६ लाखसम्म छुट

नाडामा गाडीको मूल्य घटाउने होड, किन्नेलाई अफरै अफर : एउटै गाडीमा ६ लाखसम्म छुट

नाडा अटो शोमा गाडी किन्नेहरुका लागि गाडी बिक्रेताहरुले विभिन्न अफर घोषणा गरेका छन्। आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा गाडी बिक्रेताहरुले ग्राहकहरुलाई आर्कषित गर्न छुटसहितको योजना ल्याएका हुन्।

अहिले गाडी बिक्रेताहरुले एउटै गाडीको खरिदमा ६ लाखसम्म ‘डिस्काउन्ट’ घोषणा गरेका छन्। यतिबेला नाडा अटो शोमा गाडीको मूल्य नै घटाएर अफर ल्याउने होड चलेको छ। सो प्रतिष्पर्धाका कारण ग्राहकहरुले बजार मूल्यभनेदा सस्तोमा गाडी खरिद गर्न पाउने भएका छन्। 

एमएडब्लु ग्रुपले बिक्री गर्ने सेरेसमा अफर योजना ल्याएको छ। एमएडब्लुले नाडा अटो शोको अवधिका लागि सेरेस ३ किन्नेको लागि ६ लाख छुट सहितको अफर ल्याएको हो। कम्पनीले नाडा अटो शोका लागि सेरेस ३ प्रिमियमको मुल्य ४८ लाख ८७ हजार रुपियाँ राखेको छ। यसअघि सो गाडीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको थियो।

यस्तै, सेरेस ३ कम्फर्टको ४५ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यस अघि यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ थियो । यो मूल्य नाडा भरी मात्रै लागू हुने कम्पनीले जनाएको छ। यसमा फाइनान्सको भने कुनै सुविधा छैन।

 आजमात्रै सार्वजनिक भएको ब्रान्ड लिपमोटरले पनि नाडाको लागि मात्रै अफर योजना ल्याएको छ। लिममोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नाडा अवधिका लागि गाडीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ राखेको छ।

कम्पनीले नाडा पछि यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ राख्ने योजना बनाएको छ।

यसैगरी जिकरले पनि नाडाको लागि अफर योजना ल्याएको छ। जिकरको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडाको लागि भनेर जिकर एक्स रियल ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार राखेको छ।

नाडा पछि भने यसको मूल्य ८४ लाख ९९ हजार रपैयाँ कायम हुनेछ। कम्पनले ग्राहकहरुलाई नाडामा ५ लाख रुपैयाँ छुट घोषणा गरेको हो।

यस्तै अल ह्वील ड्राइभ भेरियन्टको नाडा अवधिभर १ करोड ४९ लाख ९९ हजारमा खरिद गर्न पाइनेछ। नाडापछि भने सो गाडीको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँमा रहनेछ। नाडामा यो भेरियन्ट किन्ने ग्राहकहरुले पनि ५ लाख रुपैयाँ डिस्काउन्ट पाइनेछ।।

चेरीको सब ब्रान्ड जेकोको जे सिक्सले पनि नाडाका लागि भनेर अफर योजना ल्याएको छ। ओमोडा तथा जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले उक्त गाडीमा नाडा भरीको लागि अफर योजना ल्याएको हो। कम्पनीले उक्त गाडी अहिले मूल्य ६६ लाख ९९ हजार रुपैयाँ राखेर नाडामा अफर ल्याएको छ।

नाडा पछि यो गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ। कम्पनीले नाडाको लागि भनेर विशेष ३ लाख रुपैयाँ डिस्काउन्ट अफरमा गाडी प्रदर्शनीमा राखेको हो।

यस्तै ओमोडा ई ५ मा पनि कम्पनीले नाडाको लागि अफर ल्याएको छ। जसमा ओमोडा ई ५ लक्जरीको मूल्य ६० लाख ४९ हजार रुपैयाँ तोकेको छ। यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीले नाडाको लागि भनेर यो भेरियन्टमा १ लाख ५० हजार रुपैयाँ छुट घोषणा गरेको छ।

साथै, यसको अर्को भेरियन्ट ओमोडा ई ५ डिलक्समा पनि १ लाख रुपैयाँ छुट अफर ल्याइएको छ। यसको मूल्य नाडाका लागि ५४ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने सामान्य समयमा ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ। ओमोडा र जेको दुबै चेरी अन्तर्गतको सब ब्रान्ड हुन्। दुवै गाडी नाडा अटो शोमा प्रदर्शनीमा राखिएको छ।

यस्तै एमजीले पनि नाडामा नै जेडएस इभीको मूल्य घटाएको छ। कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आइरहेको जेडएस इभीको मूल्य ६ लाखसम्मले घटाएको छ।

एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटोर्सले एमजी जेडएस इभीको मूल्य ५२ लाख ९९ हजारबाट ४६ लाख ९९ हजार बनाएको हो।

उक्त अफर सीमित अवधिको लागि मात्रै लागु हुने कम्पनीको भनाइ छ। ‘सेलीब्रेसन अफ दी सेन्चुरी’ नारा दिएर कम्पनीले नाडा अटो शो र दशैं तिहारको लागि यो अफर घोषणा गरेको हो।

155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका