जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • ऋणीले हात उठाउँदा बैंक र वित्तिय संस्थाहरुमा गैर बैकिङ्ग सम्पत्ती थुप्रियोः कहाँ छ राष्ट्र बैंक !

ऋणीले हात उठाउँदा बैंक र वित्तिय संस्थाहरुमा गैर बैकिङ्ग सम्पत्ती थुप्रियोः कहाँ छ राष्ट्र बैंक !

यति बेला नेपालका बैंक र वित्तिय संस्थाहरुमा कर्जा ग्राहकहरुले हात उठाउदा डरलाग्दो गैर बैकिङ्ग सम्पत्ती थुप्रिएको छ भन्दा अब फरक पर्दैन । ऋणीहरुको सावाँ ब्याज भुक्तानी क्षमता कम्जोर बन्दै जाँदा बैंकहरुको गैर बैंकिङ सम्पती दिनानुदिन बढ्दै गएको तथ्यांकले देखाएको छ । हिजो सस्तो ब्याजमा सहजै लिएको कर्जाको सावाँ ब्याज बिभिन्न कारणले तिर्न नसकेपछि धितोमा राखिएको सम्पती लिलाममा पनि नबिकेपछि बैंकहरुमा गैर बैंकिङ सम्पती बढ्न पुगेको देखिन्छ ।

कर्जाको ब्याज बढ्ने तर व्यवसाय घट्दै जाने अवस्थाले ऋणी अप्ठ्यारो परेको बेलामा नै राष्ट्र बैंकले लिएका चालु पूँजी कर्जा सम्बन्धि व्यवस्था, प्रोभिजनमा गरिएको व्यवस्थाले थप अप्ठ्यारो बनाएको पछिल्लो विश्लेषण छ ।

कोभिड पश्चात अन्तराष्ट्रिय बजारमा देखिएको मन्दी तथा नेपाल राष्ट्र बैंकले एकै पटक लिएको कडा नीति र देशभित्रको आर्थिक तथा सामाजिक परिस्तिथि ऋणीहरुको कर्जा भुक्तानी क्षमता घट्नुको कारणको रुपमा लिइएको छ । कर्जाको ब्याज बढ्ने तर व्यवसाय घट्दै जाने अवस्थाले ऋणी अप्ठ्यारो परेको बेलामा नै राष्ट्र बैंकले लिएका चालु पूँजी कर्जा सम्बन्धि व्यवस्था, प्रोभिजनमा गरिएको व्यवस्थाले थप अप्ठ्यारो बनाएको पछिल्लो विश्लेषण छ । राष्ट्र बैंकको नीतिगत कडाईका कारण बैंकहरुले चाहेर पनि ऋणीलाई सहजीकरण गर्न नसक्ने भएपछि ऋणीहरुले हात उठाउनु पर्दा अहिले गैर बैंकिङ सम्पती बढेको एक बैंकरको भनाई छ ।

“ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्यांकअनुसार एक वर्षमा बैंक, विकास बैंक र फाइनान्स कम्पनीको गैरबैङ्किङ्ग सम्पती १७ अर्ब ८२ करोड ९० लाख रुपैयाँले बढेको छ ।

“अप्ठयारो परेकै बेला कडा कडा नीति ल्याइयो, हामीले पनि बाध्य भएर नीतिको पालना गर्नुपर्यो, राम्रै कर्जालाई पनि रातारात निष्क्रिय कर्जा मानेर प्रोभिजन गर्नुपर्ने अवस्था आयो, ऋणी अप्ठ्यारोमा परेको बेला यी सबै कुराको भार ऋणीमाथि थपियो“ ति बैंकरले भने, “अब ऋणीहरु मर्नु भन्दा बौलाउन ठिक भन्नेमा पुगेकाले बैंकहरु आफैंले धितोको सम्पती राख्न बाध्य भएका छन् तर यो राम्रो होइन ।“ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्यांकअनुसार एक वर्षमा बैंक, विकास बैंक र फाइनान्स कम्पनीको गैरबैङ्किङ्ग सम्पती १७ अर्ब ८२ करोड ९० लाख रुपैयाँले बढेको छ । जसमा कमर्शियल बैंकहरुको मात्रै हिस्सा १२ अर्ब २६ करोड ७० लाख रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको क्रमशः १ अर्ब २० करोड ४० लाख र ७७ करोड ७० लाख रहेको छ । तोकिएको समयसम्म कर्जाको सावाँ ब्याज भुक्तानी नभएमा बैंक बित्तिय संस्थाहरुले राष्ट्र बैंकले तोकेअनुसारको प्रोभिजन गर्नुपर्ने हुन्छ ।

लिएको दिनदेखि तीनमहिनासम्म सावाँ ब्याज नतिरेको कर्जालाई असलमा राखिएको छ तर यसका लागि एक दशमलब एक प्रतिशत प्रोभिजन छुट्याउनुपर्छ । अर्थात कर्जा लिएकै दिनदेखि ऋणीले लिएको कर्जा बापत प्रोभिजन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

राष्ट्र बैकले कर्जालाई पांच भागमा वर्गीकरण गरेको छ भने त्यहिअनुसार प्रोभिजन गर्नलाई बैंक बित्तिय संस्थालाई निर्देशन जारी गरेको छ । लिएको दिनदेखि तीनमहिनासम्म सावाँ ब्याज नतिरेको कर्जालाई असलमा राखिएको छ तर यसका लागि एक दशमलब एक प्रतिशत प्रोभिजन छुट्याउनुपर्छ । अर्थात कर्जा लिएकै दिनदेखि ऋणीले लिएको कर्जा बापत प्रोभिजन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । त्यस्तै ६ महिनासम्म सावाँ ब्याज नतिरेको कर्जालाई शुक्ष्म निगरानीमा राखिन्छ र यसका लागि ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । त्यस्तै एक वर्षसम्म नतिरेकोलाई कमसल मा राखिन्छ र यसका लागि २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । त्यस्तै एक बर्षसम्म नतिरे त्यसलाई शंकास्पदमा राखिन्छ र त्यसका लागि ५० प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

खराब कर्जामा आइसकेपछि बैंक बित्तिय संस्थाहरुले कर्जाको सावाँ ब्याज भुक्तानीको लागि ३५ दिने, त्यसपछि १५ दिने र पछि ७ दिने सूचना जारी गर्छन । त्यो बेलासम्म पनि ऋणी सम्पर्कमा आएर कर्जाको सावाँ ब्याज तिरेन भने ऋणीको धितोको उक्त सम्पती बैंक बित्तिय संस्थाले आफ्नो नाममा ल्याउछ्न ।

एक बर्षमाथिकोलाइ खराब कर्जामा राखिन्छ र त्यसको लागि शतप्रतिशत प्रोभिजन गर्नुपर्छ । खराब कर्जामा आइसकेपछि बैंक बित्तिय संस्थाहरुले कर्जाको सावाँ ब्याज भुक्तानीको लागि ३५ दिने, त्यसपछि १५ दिने र पछि ७ दिने सूचना जारी गर्छन । त्यो बेलासम्म पनि ऋणी सम्पर्कमा आएर कर्जाको सावाँ ब्याज तिरेन भने ऋणीको धितोको उक्त सम्पती बैंक बित्तिय संस्थाले आफ्नो नाममा ल्याउछ्न । यसलाई नै गैर बैंकिङ सम्पती भनिन्छ ।आफ्नो नाममा ल्याएपछि बैक बित्तिय संस्थाहरुले उक्त सम्पती लिलाम बढाबढ मार्फत बिक्रि गर्छन । त्यसरी बिक्रि नहुँदासम्म उक्त सम्पति गरि बैंकिङ सम्पतीको रुपमा बैकको नाममा रहन्छ । भन्दा फरक पर्दैन । सचेत भया ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?