जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ । एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र÷छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् ।

व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. हमालको अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बि.एड. कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि ब्यबस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको छ ।

सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखि सामाजिक कार्यहरु गर्दै आएको छ ।

9180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका