जोडिनुहोस
शुक्रबार, अशोज ११, २०८१
शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • वाणिज्य बैंकमा पैसा थुप्रियो, कर्जा लगानी किन भएन ?

वाणिज्य बैंकमा पैसा थुप्रियो, कर्जा लगानी किन भएन ?

नेपालका २० वाणिज्य बैंकहरुमा यतिबेला लगानी योग्य पुँजी झण्डै १८ अर्ब भन्दा बढि छ भन्दा अब फरक पर्दैन ।
भदौ महिना वाणिज्य बैंकहरुको निक्षेप झण्डै ७३ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त उक्त महिनासम्मको कर्जा–निक्षेप सम्बन्धी तथ्यांक अनुसार ७२ अर्ब ७१ करोड रुपैयाँले निक्षेप बढेको हो।हाल नेपाली बजारमा २० बाणिज्य बैंक छन् । साउन मसान्तसम्म उक्त बैंकहरुमा ५७ अर्ब १५ करोड ८६ लाख रुपैयाँ निक्षेप थियो ।

भदौ मसान्तसम्म आउँदा त्यो ५७ खर्ब ८८ अर्ब ५७ करोड रुपैयाँ पुगेको देखिन्छ । निक्षेप बढाउने मामिलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पहिलो नम्बरमा देखिएको छ । भदौमा उक्त बैंकमा भएको निक्षेप १७ अर्ब ७० करोड रुपैयाँले बढेर चार खर्ब ३० अर्ब रुपैयाँ पुगेको भेटिएको छ । दोस्रो नम्बरमा भने एनएमबि बैंक देखिएको छ । भदौमा एनएमबी बैंकमा भएको निक्षेप १४ अर्ब ४२ करोड रुपैयाँले बढेको छ । हालसम्म उक्त बैंकमा भएको कुल निक्षेप भने दुई खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँ पुगेको देखिन्छ । तेस्रो स्थानमा भने कुमारी बैंक रहेको छ । भदौमा कुमारी बैंकमा भएको निक्षेप १२ अर्ब ८२ करोड रुपैयाँले बढेर तीन खर्ब ५६ अर्ब ५९ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, हिमालयन बैंकमा भएको निक्षेप १० अर्ब ९१ करोड रुपैयाँले बढेर तीन खर्ब १० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने प्राइम कमर्सियल बैंकमा भएको निक्षेप आठ अर्ब ७२ करोड रुपैयाँले बढेर दुई खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ पुगेको देखिन्छ ।

दोस्रो नम्बरमा भने एनएमबि बैंक देखिएको छ । भदौमा एनएमबी बैंकमा भएको निक्षेप १४ अर्ब ४२ करोड रुपैयाँले बढेको छ । हालसम्म उक्त बैंकमा भएको कुल निक्षेप भने दुई खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँ पुगेको देखिन्छ ।

लक्ष्मी सनराइज बैंकमा भएको निक्षेप पाँच अर्ब ६९ करोड रुपैयाँले बढेर तीन अर्ब ३४ करोड ६७ लाख रुपैयाँ पुगेको छ । ग्लोबल आईएमईमा भएको निक्षेप पाँच अर्ब १९ करोड रुपैयाँले बढेर पाँच खर्ब १२ अर्ब ७० करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । यस्तै, एभरेष्ट बैंकमा तीन अर्ब ९६ करोडले बढेर दुई खर्ब ३८ अर्ब ८८ करोड, माछापुच्छ्रेमा तीन अर्ब ५३ करोडले बढेर एक खर्ब ६३ अर्ब १६ करोड, कृषि विकास बैंकमा दुई अर्ब २५ करोडले बढेर दुई खर्ब ५४ अर्ब ६६ करोड, सिटिजन्समा एक अर्ब ९७ करोडले बढेर एक खर्ब ९१ अर्ब चार करोड, नबिलमा एक अर्ब ५८ करोडले बढेर चार खर्ब ७५ अर्ब ६० करोड र राष्ट्रिय वाणिज्य बैंकमा ७० करोडले बढेर चार खर्ब छ अर्ब ३४ करोड रुपैयाँ निक्षेप कायम भएको भेटिएको छ ।
तर, सानिमामा चार करोडले घटेर एक खर्ब ९९ अर्ब ४१ करोड, स्ट्यान्डर्ड चार्टर्डमा ५० करोडले घटेर एक खर्ब १६ अर्ब १२ करोड, सिद्धार्थमा ९० करोडले घटेर दुई खर्ब ४२ अर्ब, नेपाल एसबिआईमा एक अर्ब ४० अर्बले घटेर एक खर्ब ७३ अर्ब ३३ करोड, प्रभुमा दुई अर्ब ७० करोडले घटेर तीन खर्ब चार अर्ब ३९ करोड, नेपाल बैंकमा चार अर्ब १७ करोडले घटेर दुई खर्ब ७४ अर्ब २० करोड र एनआईसी एसियामा सात अर्ब दुई करोडले घटेर तीन खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँको निक्षेप कायम भएको छ । यस्तै, भदौमा मात्रै वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५३ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

कर्जा बक्यौता (आउटस्टान्डिङ)को आधारमा भदौमा ५३ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको हो । साउन मसान्तसम्म उनीहरुको कुल कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । भदौं मसान्तसम्म आउँदा त्यो बढेर ४६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार अझै पनि वाणिज्य बैंकहरुमा छ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम छ । भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ८९ अर्ब रुपैयाँ छ । त्यसमा ४६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह भइसकेको भेटिएको छ । सचेत भया ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?