![गुराँस लाइफका नवनियुक्त अध्यक्ष दुगड़ले गरे सपथ ग्रहण](http://aarthikbazarnews.com/wp-content/uploads/2020/11/Bibek_dugad_guransLife_20201123171237.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष विवेक दुगड़ले सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष दुगडले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ समक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
मंसिर ४ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभा पछि बसेको नव निर्वाचित संचालक समितिको १६२ औं बैठकले दुगडलाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
यससँगै दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा ९४० बमोजिम मंसिर ८ गते बिहान ११ः३० बजे बीमा समितिमा पद तथा गोपनीयताको सपथ दिएका हुन् ।
उक्त सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।