जोडिनुहोस
शुक्रबार, पुस १२, २०८१
शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • नेपालमा बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार !

नेपालमा बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार !

हाल नेपालमा बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार रहेको छ । बैंकमा खाता खोल्नेहरुको संख्या नेपालको कूल जनसंख्याभन्दा झण्डै दोब्बर पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार पुगेको छ । जबकी, पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।

बैंकमा खुलेको कूल खाता संख्या जनगणना २०७८ को कूल जनसंख्याभन्दा २ करोड ७० लाख बढी हो । जबकि ‘साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनीसेटिभ’ ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा ५४ प्रतिशत जनसंख्यामा मात्रै बैंकिङ्ग पहुँच पुगेको छ । यसको अर्थ नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ्ग पहुँच बाहिर छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २०८०/८१ मा नै ४५ लाखले खाता संख्या बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंक खाताको संख्या ५ करोड १७ लाख ३८ हजार थियो । यो एउटै व्यक्तिले धेरै वटा बैंकमा खाता खोल्दा सृजना भएको समस्या हो ।

नेपाल राष्ट्र बैंकले बचत खाताको संख्या बढ्दै गएसँगै एउटै व्यक्तिको नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बैंकमा एक भन्दा बढी खाता हुनेले विदेशमा गएर समेत बढी रकम निकाल्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकको सो निर्देशनपछि बैंकहरुले एकभन्दा बढी खाता भएकाहरुलाई तत्काल बन्द गरी एउटा मात्र राख्न सूचना जारी गरी खाता बन्द समेत गराइसकेका छन् । एक व्यक्तिको एटा बैंकमा एक वटा मात्रै बचत खाता हुन पाउने व्यवस्थाले केही खाताको संख्या घटेको पनि छ ।

‘हरेक नेपालीको बैंक खाता’ अभियान
यस्तै सरकारले ‘हरेक नेपालीको बैंक खाता’ अभियान गत वर्षबाट नै सञ्चालन गरिरहेको छ । पहिलोपटक खाता खोल्नेलाई १ सय रुपैयाँ बैंकले नै दिने गरी यो अभियान सुरुवात गरिएको थियो । बैंकहरूले कमाएको मुनाफाको केही प्रतिशत रकम अनिवार्य रूपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने कानूनी व्यवस्था छ । यसअन्तर्गत बैंकहरूले विभिन्न संघ, संस्था, विद्यालय तथा अशक्त, बिरामी तथा अनाथ बालवालिकालाई सहयोग गर्दै आएका थिए । यही बजेटबाट नयाँ खाता खोल्नेहरूलाई १ सय रुपैयाँ उनीहरूले बैंकहरूमा जम्मा गर्ने गरिएको थियो ।

बैंकहरूको आ–आफ्नै नियमानुसार खाता खोल्दा चाहिने न्यूनतम रकम तोक्ने गर्थे । अब त्यो रकम चाहिँदैन । बरु उल्टै बैंकले सय रुपैयाँ उपलब्ध गराउँछ । विश्व प्रविधिमैत्री हुँदै जाँदा नगद कारोबारको सीमासमेत घट्दै गएको छ । नगद राख्दा हराउने, च्यातिने, लुटिनेलगायत सम्भावना हुन्छ । जसको सुरक्षा बैंकिङ प्रणालीबाट गर्न सकिन्छ ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका