जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ

एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ

मंसिरको जाडो । काठमाण्डौ भर्खरै मात्र ब्यूँझिएको थियो । लाजिम्पाटको सडकमा सेतो टिसर्टधारीहरु बढ्दै थिए । अरुबेला आ–आफ्नै घर डेरा पायक क्षेत्रमा दौडिने स्वस्थ जीवनशैलीका हिमायतीहरु शनिवार बिहान भने दौडिएरै निकै आकर्षक नगद राशिसहितको पुरस्कार जित्ने अभिलाषासहित लाजिम्पाटको सडकमा भेला भएका थिए । व्यवसायिक धावकदेखि प्रभातकालीन समयमा स्वस्थ जीवनशैली पछ्याउनेहरु समेत उत्सुकतापूर्वक त्यहाँ पुगेका थिए ।  शनिवार बिहानै यस्तो अवसर जुटाइदिएको थियो गरिमा विकास बैंकले । वित्तीय सूचकहरुमा पछिल्लो समय निकै राम्रो प्रगति गर्दै आफ्नो समूहमा अब्बल बन्दै गएको यो विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा पृथक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको नाम राखिएको थियो: ‘गरिमा रोड रेस’ । 

प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष १० किलोमिटर तथा कर्पोरेटतर्फ महिला र पुरुष ५ किलोमिटर दूरीको गरी कुल ४ वटा रोड रेस आयोजना गरिएको थियो । यी चारैवटा प्रतियोगितामा ७०० भन्दा बढीको सहभागिता थियो । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वार्षिकोत्सवमा यति धेरै धावकहरुलाई भेला पारी एकाबिहानै काठमाण्डौलाई दौडाउने उद्देश्यले कार्यक्रम आयोजना गर्नु आफैंमा पृथक अभ्यास थियो । गरिमाले प्रत्येक वर्षको आफ्नो वार्षिकोत्सवलाई विशेष बनाउने उद्देश्यले रोड रेस प्रतियोगितालाई ‘सिग्नेचर प्रोग्राम’को रुपमा विकास गर्ने उद्घोष गर्दै शनिवार यो कार्यक्रम आयोजना गरेको थियो ।

गरिमा रोड रेसमा दौडिन विदेशी नागरिकहरु पनि कार्यक्रमस्थल पुगेका थिए । गरिमाको यो कार्यक्रम विजेताहरुका लागि राखिएको आकर्षक नगद पुरस्कारका कारण समेत चर्चायोग्य बनेको धावकहरुले बताए । उनीहरुका अनुसार कर्पोरेट सेक्टर वा कुनै बैंक तथा वित्तीय संस्था विशेषले रेस राखेर प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थानमा पर्न सफलहरुलाई क्रमशः रु. ७५०००, ६००००, ४५०००, ३०००० र १५००० नगदसहित पुरस्कृत गरेको यो निकै दुर्लभ घटना हो ।

बिहानै दौडिएर ७५ हजार रुपैयाँसम्मको नगद जित्ने अवसर सिर्जना हुनु नै एउटा फरक र उत्साहजनक प्रयास रहेको कार्यक्रमका प्रमुख अतिथि तथा किर्तिमानी धावक र ओलम्पियन बैकुण्ठ मानन्धरले बताए । ‘गरिमाको यो प्रयास यसकारण पनि प्रशंसनीय छ कि यसले दौडिनेहरुलाई प्रोत्साहित गरेको छ । दौडिएर करिअर बनाउँछु भन्नेहरुलाई समेत प्रोत्साहन मिलेको छ।’ कार्यक्रमस्थलमा बिजशालासँग कुरा गर्दै मानन्धरले भने–‘यस्ता प्रतियोगिताले स्वस्थ जीवनशैलीका लागि दौडिनु कति महत्वपूर्ण छ भन्ने सन्देश पनि दिन्छ । समग्रमा समाजमा दौडिने निकै राम्रो संस्कारको विकास गर्छ ।’

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?