![कामना सेवा विकास बैंकको १०७औं शाखा काठमाण्डौको भङ्गालमा](http://aarthikbazarnews.com/wp-content/uploads/2019/12/0-02-03-5388b333606f3218b7044deb146f3964b5176f3c7f7c85526e2daaef65b5ef9c....jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गतकाठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं०८ स्थित भङ्गालमायही मंसिर२९ गते आफ्नो १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलतथा बैंककाअध्यक्षसुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकविश्वेश्वर सुवेदी, नायब महाप्रबन्ध
क हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०७ वटा शाखा तथा ५६ वटाब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।