जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • काठमाडौंमा घर जित्ने विजेता मङ्सिर १२ गते घोषणा हुने

काठमाडौंमा घर जित्ने विजेता मङ्सिर १२ गते घोषणा हुने

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने विजेताको घोषणा मंसिर १२ गते हुँदै । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनी ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिने आयोजकले जनाएको छ ।ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्ने हेतुका साथ दुई वर्षअघि सुरु गरेको मेरो डिजिटल देश अभियानले १४ महिना अघि (असोज १, २०८०) पुन: निरन्तरता पाउँदै काठमाडौंमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो ।

योजनाअन्तर्गत विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरूमध्ये एकजना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन । यो अवधिभर १० जना भाग्यशाली विजेताले आफूले पठाएको रकम दोब्बर गरिसकेका छन् भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मेरो डिजिटल देश अभियानद्वारा हामीले देश तथा विदेशमा रहनुभएका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास गर्‍यौं र यसै क्रममा हामी अहिले काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौं । हाम्रो यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट तपाईंहरूले पठाउनु भएको माया घरसम्म पुर्‍याउनु हो ।’

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?