होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
सोमवार, पुस २२, २०८१
सोमवार, पुस २२, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकका सीईओको तलब भत्ता करिब २ करोड

लक्ष्मी सनराइज बैंकका सीईओको तलब भत्ता करिब २ करोड

लक्ष्मी सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ९४ लाख ८४ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले १ करोड ५५ लाख ८५ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । यस्तै अन्य सुविधा बापत बैंकले सीईओलाई ३८ लाख ९९ हजार रुपैयाँ भुक्तानी दिएको जनाएको छ । उक्त तलब भत्ता बापत सीईओले राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।

बैंकले गत आवको असार मसान्तसम्म सञ्चालकलाई बैठक भत्ता बापत १० लाख ४७ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सञ्चालक समितिलाई बैठकमा भाग लिए बापत प्रति बैठक अध्यक्षलाई १५ हजार र सञ्चालकहरुलाई १३ हजार रुपैयाँ दिने गरेको छ । यस बाहेक प्रति महिना मोवाइल फोन खर्च सोधभर्ना बापत ५ हजार उपलव्ध गराएको जनाएको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका