होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • मुक्त्तिनाथ म्युचुअल फण्ड १ को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

मुक्त्तिनाथ म्युचुअल फण्ड १ को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

मुक्त्तिनाथ विकास बैंक कोष प्रवर्धक तथा मुक्त्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको मुक्त्तिनाथ म्युचुअल फण्ड अन्तर्गतको मुक्त्तिनाथ म्युचुअल फण्ड १ नेप्सेमा सूचीकृत भएको छ।

मुक्त्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सोमबार नेप्सेमा सूचीकृत भएको हो।

सूचीकरण सम्बन्धमा नेप्से र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो योजना विकास बैंकले प्रवर्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष हो। सूचीकरण भएको दोस्रो दिनबाट दोस्रो बजारमा कारोबार खुल्नेछ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका