जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्राइम लाइफबाट विदा भए सीइओ मनोज भट्टराई

प्राइम लाइफबाट विदा भए सीइओ मनोज भट्टराई

आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले विदा भएका छन् ।

दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाडेका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।

बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशकभन्दा बढी काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको थियाे ।

यस्तै, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) चिरायु भण्डारी पनि विदा भएका छन् । भण्डारी दुई वर्षे करार अवधि पुरा गरि विदा भएका हुन् ।

3135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका