जोडिनुहोस
आइतवार, चैत्र २, २०८१
आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • अर्थमन्त्रीले सचिव मात्रै होइन, दुई विभागका महानिर्देशक पनि हटाए

अर्थमन्त्रीले सचिव मात्रै होइन, दुई विभागका महानिर्देशक पनि हटाए

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव मात्रै होइन, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि हटाएका छन् । सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालय तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । यी दुई विभागका महानिर्देशकको जिम्मेवारी अहिलेसम्म कसैलाई तोकिएको छैन ।

मन्त्रिपरिषद् बैठकले अर्थसचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी सो स्थानमा घनश्याम उपाध्ययलाई ल्याउने निर्णय गरेको थियो । त्यस्तै, अर्थ मन्त्रालयका सहसचिवहरु दीर्घराज मैनालीको सरुवा सूचना आयोगमा भएको छ भने नारायणप्रसाद रिसालको सरुवा गृह मन्त्रालयमा भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्याल अर्थ मन्त्रालयमा भित्रिएका छन् । उनीहरूसहित १७ जना सहचिवको सरुवा मन्त्रिपरिषद्ले गरेको छ ।

255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका