
नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई चार वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार
































































