![एनएमबि–५० म्युचुअल फन्ड शुरु](http://aarthikbazarnews.com/wp-content/uploads/2019/07/NMB-1-696x323.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एनएमबि क्यापिटल लिमिटेडले फरक अवधारणासहित आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ शुरुवात गरेको छ । शेयरमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्यसहित एनएमबि क्यापिटलले तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबि–५०’ लन्च गरेको हो ।
यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको शेयरमा मात्र केन्द्रित हुनेछ । यस्तो अवधारणाको म्युचुल फन्ड नेपालमा पहिलो भएको कम्पनीको दाबी छ
एनएमबि क्यापिटलको सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले एक वर्ष लामो अध्ययनपछि यो स्किम ल्याइएकाले बजारमा तरलता प्रवाहमा समेत सहयोग गर्ने र घट्दो बजारमा समेत लगानीकर्तालाई राम्रो प्रतिफल मिल्ने दाबी गरे । यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य १० अंकित १२ करोड इकाई साउन १३ गतेबाट बिक्री खुला हुनेछ ।