जोडिनुहोस
शनिबार, जेष्ठ ५, २०८१
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • दर्ता गरी सञ्चालन भइका इन्टरनेट प्रदायक कम्पनी काराबाहीमा

दर्ता गरी सञ्चालन भइका इन्टरनेट प्रदायक कम्पनी काराबाहीमा

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना इन्टरनेट सेवा प्रदान गर्दै आएको तनहुँको युनिक डिजिटल नेटवर्क प्रालिमा सिलबन्दी गरेको छ ।

उक्त कम्पनीले अवैध रूपमा इन्टरनेट प्रदान गर्दै आएको सूचनाको आधारमा प्राधिकरणको टोलीले अनुगमन गरी सिलबन्दी गरेको निर्देशक विजय रोयले जानकारी दिए । उनका अनुसार कम्पनीले करिब सात सय ग्राहकलाई सेवा प्रदान गर्दै आएको थियो।

इन्टरनेट सेवा उपलब्ध गराउन चाहने प्रदायकले प्राधिकरणबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने कानुनी प्रावधान छ तर डिजिटल नेटवर्कले कानुनको उक्त प्रावधानविपरीत फाइबरमार्फत आफ्नै किसिमले बजार विस्तार गरेको पाइएको रोयले जानकारी दिए । कम्पनीले आफ्नै नाममा बिल जारी गर्दै ग्राहकबाट शुल्क उठाउँदै आएको पाइएको पनि उनले बताए ।

‘कम्पनीले न्यूनतम मूल्यमा मासिक नौ लाख र अधिकतम मूल्यमा २० लाख रुपियाँसम्म कारोबार गरेको अनुमान छ,’  उनले भने । ‘भदौ ४ गते प्राधिकरणको टोलीले गरेको सिलबन्दीपछि अहिले कम्पनीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

8500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका