![एन आई सी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौता](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/Mercy-City-Hospital-NIC-ASIA-agreement.jpeg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एन आई सी एशिया बैंक र मर्सि सिटी हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीबीच हस्पीटलका सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।
एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेको हो ।
बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।