जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • आजबाट गाडीहरुको कुम्भे मेला शुरु

अटाे

आजबाट गाडीहरुको कुम्भे मेला शुरु

१ सय ६० स्टलमा ९५ ब्राण्डका गाडी

आजबाट गाडीहरुको कुम्भे मेला शुरु

सवारी साधनहरुको महामेला नाडा अटोको १४ औँ संस्करणका रूपमा नाडा अटो सो आजबाट सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सोमा यस क्षेका १ सय ६० वटा स्टल राखिएको छ । सो सुरु हुने औपचारिक कार्यक्रमको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्दै छन् ।

गाडीहरुको ’कुम्भ मेला’ मानिने ‘नाडा अटो शो’मा चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि ९५ ब्राण्डका कम्पनीहरुको सहभागिता रहनेछ । आफूलाई मन पर्ने सवारीसाधन एउटै छानामुनि छान्न पाइने भएकाले मेलामा धेरैको आकर्षण केन्द्र बिन्दु बन्ने छ ।

१३ बैंक वित्तीय संस्थाको सहभागिता

गाडी खरिदकर्तालाई सहजै ऋण तथा बीमा सेवा दिने उदेश्यले मेलामा १३ बैंक वित्तीय संस्थाले समेत सहभागिता जनाउने भएका छन । सहभागिता जनाउनेमा एक विकास बैंक, ११ बाणिज्य बैंक र एक बीमा कम्पनी छन । जसले गर्दा गाडी खरिदकर्ताले खरिदको समयमा विना झन्झट गाडी खरिद गर्न सक्नेछन् ।

मेलामा व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्दपी गाडी किन्दा ग्राहकलाई दिने ऋणको कर्जामा लाग्ने ब्याजको दर, कर्जा अवधि तथा अन्य सहुलियत तथा सुविधा भने बैंकपिच्छे फरक फरक हुने गर्दछ ।

नबिल बैंकको स्टल नम्बर ‘इ २६’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ८.०९ प्रतिशत छ । अर्थात नबिलबाट कर्जा लिनलाई ९.५९ प्रतिशत ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

माच्छापुच्छ्रे बैंकको स्टल नम्बर ‘इ १०’ रहेको छ। बैंकले गाडी किन्नलाइ बैंकहरुमै बढी अर्थात बढीमा १० बर्ष अवधिको लागि आधार ब्याजदरमा केहि प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर १०.३७ प्रतिशत छ। अर्थात माछाबाट कर्जा लिनलाई १०.३७ प्रतिशत प्लस ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ ।

एनआइसी एशिया बैंकको स्टल नम्बर ‘इ २७’ रहेको छ। बैंकले गाडी किन्नलाइ धितोमा १५ बर्ष र बिना धितो ८ बर्ष अवधिको लागि आधार ब्याजदरमै ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार ब्याजदर ९.४८ प्रतिशत छ । अर्थात एनआइसीबाट कर्जा लिनलाई ९.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ ।

 

जनता बैंकको स्टल नम्बर ‘इ २८’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ९.९५ प्रतिशत छ। अर्थात जनता बैंकबाट कर्जा लिनलाई ११ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ । जनतासंग मर्जर प्रकृयामा रहेको ग्लोबल आइएमई बैंकको पनि जनतासंगै स्टल रहनेछ ।

नाडा अटो शो’ मा सिभिल बैंकको स्टल नम्बर ’ई १०’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमै ऋण प्रदान गर्दैछ । यस अवधीमा सिभिल बैंकको आधार दर ११.११ प्रतिशत छ। अर्थात सिभिल बैंकबाट कर्जा लिएर गाडी किन्नेले ११.११ प्रतिशत ब्याजदरमै कर्जा पाउनेछन। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ ।

नाडा अटो शो’ मा बैंक अफ काठमान्डूको स्टल नम्बर ’ई १०’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ९.९८ प्रतिशत छ। अर्थात बिओके बाट कर्जा लिनलाई ११।४८ प्रतिशत ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ ।

 

लक्ष्मी बैंकको स्टल नम्बर ‘ई २१’ रहेको छ। बैंकले विद्युतीय गाडी किन्नलाइ बढीमा ९ बर्ष अवधिको लागि आधार ब्याजदरमा केहि प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर १०.३१ प्रतिशत छ ।

अर्थात लक्ष्मीबाट कर्जा लिनलाई १०.३१ प्रतिशत प्लस ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ।

 

 

एभरेष्ट बैंकको स्टल नम्बर ‘इ ३८’ रहेको छ। बैंकले गाडी किन्नलाइ बैंकहरुमै बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ८.१२ प्रतिशत छ। अर्थात एभरेष्टबाट कर्जा लिनलाई ९.६२ प्रतिशत ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

सानिमा बैंकको स्टल नम्बर ‘इ १९’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ९ बर्ष अवधिको लागि आधार ब्याजदरमा १ देखि १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ।  यस अवधीमा बैंकको आधार दर ९.३४ प्रतिशत छ। अर्थात सानिमाबाट कर्जा लिनलाई १०.३४ देखि १०.८४ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

हिमालयन बैंकको स्टल नम्बर ‘इ ४’ रहेको छ। बैंकले गाडी किन्नलाइ बढीमा ८ बर्ष अवधिको लागि आधार ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरि ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ९.०५ प्रतिशत छ। अर्थात हिमालयन बैंकबाट कर्जा लिनलाई १०.५४ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

विकास बैंक मध्येबाट एक्लै प्रतिनिधित्व गरेको सांग्रिला डेभलपमेन्ट बैंकको स्टल नम्बर ‘इ २०’ रहेको छ। सांग्रिलाले गाडी किन्नलाइ बढीमा ७ बर्ष अवधिको लागि आधार ब्याजदरमा नै ऋण प्रदान गर्दैछ। यस अवधीमा बैंकको आधार दर ११.६ प्रतिशत छ। अर्थात सांग्रिलाबाट कर्जा लिनलाई ११.६ प्रतिशत ब्याज तिर्नुपर्नेछ। ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। ब्याजदर बैंकले अटो शोको पहिलो दिन सार्वजनिक गर्ने जनाएको छ।

अटो शोमा बैंक तथा बीमा कम्पनीले समेत स्टल राख्ने भएका छन् । गत वर्ष आयोजक संस्था नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले स्थानाभावको कारण देखाउँदै बैंकहरुलाई स्टल राख्न दिएको थिएन ।

यस पटकको मेलाको व्यवस्थापन पक्षलाई बलियो र व्यवस्थित बनाइएको एसोसिएसनले जनाएको छ । प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी आकाशे पुल निर्माण गरिएको छ । जसले अवलोकनकर्तालाई आवत जावतमा सजिलो हुने नाडाले जनाएको छ । आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गने दाबी आयोजकको छ । सोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो-२०१९ का संयोजक निराकर श्रेष्ठले जानकारी दिए ।

7445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?