![महालक्ष्मी विकास बैकलाई उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड](http://aarthikbazarnews.com/wp-content/uploads/2019/11/Corporate-Logo-1-1024x223.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
साउथ एसिएन फेडेरेशन अफ अकाउन्टेन्ट्सद्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहिता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ महालक्ष्मी विकास बैक लिमिटेडले प्राप्त गर्न सफल भएको छ । उक्त अवार्ड नोभेम्बर ३०, २०१९ तारिखमा बङगलादेशको ढाकामा एक समारोहकाबिच प्रदान गरिने भएको छ ।
नेपाल चार्टड अकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ प्राप्त गरे लगत्तै बंैकले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड – २०१८ पनि प्राप्त गर्न लागेको हो । आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न बंैक सधै प्रयासरत रहने जनाएको छ ।