जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ग्लोबलसंगको मर्जर सम्बन्धि सम्पूर्ण एजेन्डा पारित

ग्लोबलसंगको मर्जर सम्बन्धि सम्पूर्ण एजेन्डा पारित

जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न गरेको छ ।

दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ ( अक्षरेपी छयानब्बे करोड चौरानब्बेहजार तीनसय दश र पैसा चौरानब्बे मात्र) बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँश मध्ये ६ प्रतिशत बोनश शेयर तथा ६ प्रतिशत नगद लाभाँश हुनेछ ।

सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।

शेयरधनीहरुको सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेकोछ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ ।

मर्जरपश्चात चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको छ ।

4445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका