![कामना सेवाकोे प्रदेश ७ मा एकैसाथ २ वटा शाखा सञ्चालन](http://aarthikbazarnews.com/wp-content/uploads/2020/02/2-1024x768.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा यही फागुन ०५ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि उद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् । सुखड शाखाको उद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गर्नु भएको थियो ।
यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गर्नु भएको थियो ।