![एनएमबि बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरि कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।
जस अनुसार बैंकले निक्षेपतर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै मुद्दती निक्षेपतर्फ बैंकले ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै बैंकले कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले १०.७५ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्षको लागि र ८.९९ प्रतिशतको स्थिर ब्याजदरमा २ वर्षको लागि घर कर्जा प्रदान गर्ने जनाएको छ ।