![बैंकर तथा उद्योगी सूर्यबहादुर केसीको निधन](http://aarthikbazarnews.com/wp-content/uploads/2020/11/unnamed-39.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
रारा चाउचाउका संस्थापक सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् ।
युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर , बैंकिंग, चाउचाउ एवं फुड्स , र मिडिया लगायतका क्षेत्रमा छ ।
केसी माछापुच्छे बैंकमा लामो समयसम्म अध्यक्ष रहेर बैंक सञ्चालन गरेका थिए । उनी नेपाली काँग्रेसका समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको उनका परिवारले बताएको छ ।