जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • महासंघको चुनावमा ढकाल समूहले खोल्यो जितको खाता

महासंघको चुनावमा ढकाल समूहले खोल्यो जितको खाता

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलले जितको खाता खोलेको छ । ढकाल समूहका तर्फबाट उम्मेदवार रहेका संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका छन् ।

दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए ।

निर्वाचन समितिका अनुसार यो निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला-नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्ऽकेसरी न्यौपानेले जानकारी दिए । बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएपछि मतगणना सुरु भ्एको छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण मानिन्छ ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी पदहरुमा चुनाव भएको हो ।

5145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका