![महालक्ष्मी लाईफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने तयारी](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/Mahalaxmi-life-insurance-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभामा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने बारे छलफल गर्ने जनाएको हो ।
कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा फागुन ३ गते सोमबार होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे साधारण सभा हुने भएको छ । सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ ।