![ज्योति लाइफको ६६ लाख कित्ता आईपीओ निष्कासन हुने](http://aarthikbazarnews.com/wp-content/uploads/2019/10/ipo660_080619061036.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ विक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।
यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँको लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।