![सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव](http://aarthikbazarnews.com/wp-content/uploads/2020/06/siddharthainsurance.com_-1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६.८४ रुपैयाँ बराबरको नगद(कर प्रयोजनका लागि समेत) लाभांस रहेका छन्।