![ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा](http://aarthikbazarnews.com/wp-content/uploads/2021/03/unnamed-24-808x1024.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ ।