![गरिमा विकास बैंक लिमिटेड : कम्पनी विश्लेषण](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/garima-bikash-bank.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार ३ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ५५० पुगेको हो । यो दिन कम्पनीको ४ लाख ५५ हजार ६२५ कित्ता शेयर खरिद बिक्री भएको हो ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ६७ करोड ८२ लाख ७६ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म रु. ४९ करोड ६४ लाख १९ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा ३६ प्रतिशतले वृद्धि भएको हो ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. २० दशमलव ४४ रहेकामा चालू आवमा वृद्धि भएर रु. २४ दशमलव ६० पुगेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । यो बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराइसकेको छ ।