![दुई इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा पेश गरे निवेदन](http://aarthikbazarnews.com/wp-content/uploads/2019/10/ipo660_080619061036.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी आइपीओ निष्कानको लागि अनुमति माग्दै धितोपत्र बोर्डको ढोकामा पुगेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापीटल रहेको छ ।
त्यस्तै, सानिमा लाइफले पनि जेठ ९ गते नै ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेड रहेको छ ।