एनआईसी एशिया क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता वापतको नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।
यस क्यापिटल र एनआईसी एशिया बैंक लिमिटेडका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क रू. १०० बुझाउन भनिएको छ ।
हितग्राहीहरुले साउन १५ गते भित्र बैंकको ५४४४४५१०२५५२४००९ खाता नम्बरमा अथवा ई – सेवा, खल्ती, आइएमई – पे र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि साउन १५ गते भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ ।
साथै एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकमार्फत मेरो शेयर सेवा लिइरहको हितग्राहीहरुले सेवा सञ्चालनमा आएको एक वर्षको अवधिमा नबिकरण गरिसक्नुपर्नेछ ।
सो समय अवधि भित्र नबिकरण नभएमा उक्त सेवा बन्द हुने भएकाले वार्षिक सञ्चालन शुल्क रू. ५० पनि बुझाउन पनि भनिएको छ ।