जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • अब लामो दूरीका यातायात सञ्चालन गर्न पाइने

अब लामो दूरीका यातायात सञ्चालन गर्न पाइने

अब लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले अब लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न पाइने जानकारी दिईन् ।

शाहीका अनुसार त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न  निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक  यातायात सेवा सञ्चालन गर्नेृ निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा भनिएको छ– विभिन्न भागबाट हुने परिक्षार्थी तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपतयकाका सम्पूर्ण यातायात व्यवसायीहरुले नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ ।

साथै यात्रा गर्ने यात्रुहरुले अनिवार्यरुपमा टिक काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना

5185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?