![समृद्धि फाइनान्सले ल्यायो कर्पोरेट पेको सुविधा](http://aarthikbazarnews.com/wp-content/uploads/2021/07/unnamed-3-6.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एनएमबि बैंकका ग्राहकहरुले बिगमार्टमा सामान खरीद गर्दा २५ प्रतिशत सम्मको छूट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिवार फलफूल तथा तरकारी समान खरीद गर्दा २५ प्रतिशत वा ३०० सम्मको छूट पाउने गरी सम्झौता गरेको हो ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जानकारी दिएको छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएम, ९ ओटा एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ